2026-10-14 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

ट्राफिकका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा साना ठूला गरी कूल २३४ वटा सवारी दुर्घटनामा परेका छन् । 

दुर्घटनामा परी २२३ ले ज्यान गुमाएका छन् भने ४३४ घाइते भएका छन् । उहाँका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुरामा ३५, अछाममा १३, कञ्चनपुरमा ४५, बैतडीमा १०, दार्चुलामा १५, बझाङमा २४, बाजुरामा छ र डोटीमा नौको दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुरुष १५६, महिला ४४ र बालबालिका २३ छन् । ट्राफिकका अनुसार दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल चालक छन् । 

सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको निरीक्षक साउदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश