Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु, एक जना घाइते

२०७६, ११ श्रावण शनिबार १५:५४

साउन ११ भक्तपुर । सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते बालकलाई उपचारका लागि डा इवामुरा अस्पताल सल्लाघारी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–५ हाँडीगाउ बस्ने १९ वर्षीय दिपेन श्रेष्ठ र मोटरसाइकल प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको पछाडि सवार सङ्खुवासभा खाँदबारी घर भई  हाल काठमाडाँै कालोपुल बस्ने घाइते २० वर्षीय एनी गुरुङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश