साउन १२, काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो ।

यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।

यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोकोको मूल ६ हजार ५०० छ । लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।

लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो । यो समाचार गोखरखापत्र दैनिकमा रमेश पौडेलले लेखेका छन् ।

July 28, 2019
काठमाडौँ - KTM, कास्की - KSK, बाग्लुङ्ग - BGL, मुस्ताङ्ग - MST, म्याग्दी - MGD, समाज
प्रदेशसभा सदस्यलाई सुनको लोगो, पहिलेका लोगो भन्दा ३३ गुणा महँगो
By साझासवाल
2 मिनेट पढाइ