2026-08-29 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा असला जातका माछा सङ्कटमा

साउन १३, जुम्ला | जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ। जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप हुन थालेका हुन्। 

स्थानीयवासीका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न जातका माछा पछिल्लो समय देखिन छाडेका छन्। जुम्लाका रामप्रकाश बुढाले केही वर्षअघि सम्म स्थानीय खोलामा माछा मारेरै गुजारा चलाउने गर्नुभएको थियो । पहिले एक घण्टामा चार-चार किलो माछा सजिलै मार्न सकिन्थ्यो तर अहिले दिनभर खोला चहार्दा पनि एक किलो पाउन मुस्किल हुने गरेको उहाँको भनाइ थियो । 

करेन्ट र विषको असरले अधिकांश खोलामा माछा सकिएका छन् भन्दै बुढाले विषादी र करेन्टले अन्य जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो । जाल हालेर माछा मार्ने गर्दै आएकामा माछा पाइन छाडेकाले डेढ वर्षयता जाल थाप्न नगएको जानकारी दिँदै उहाँले करेन्टभन्दा विष प्रयोग गर्दा बढी माछाको क्षति हुने गरेको छ भन्नुभयो ।  विषको प्रयोग गर्दा नदीमा चार दिनसम्म माछा र भुरा पउन मुस्किल हुने गरेको स्थानीयवासी विर्षलाल शाहीले बताउनुभयो । 

पछिल्लो समय जथाभाबी नदीको दोहन हुन थालेकाले तिला नदीमा पाइने असला जातका माछा पनि सङ्कटमा पर्न थालेका छन्। तीन महिनाअघि उक्त नदीको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मरेका माछा छालमा तैरिएको अवस्थामा भेटिएका थिए ।  असला माछा विश्वमै लोपन्मुख माछा मानिन्छ। यो माछा निकै स्वादिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको स्थानीयवासी माया पछाईले बताउनुभयो । 

उहाँका अनुसार नदीमा करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्नेलगायत मानवीय गतिविधि बढेपछि माछा सङ्कटमा पर्न थालेका हुन्। पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल हाल्दा पनि एक किलो माछा भेटाउन मुस्किल हुने गरेको छ । माछा भेटिन छाडेपछि स्थानीय बजारमा असलाको मूल्य बढ्दै गएको छ। एक वर्षअघि रु ३०० मा किनबेच हुने उक्त माछाको मूल्य अहिले रु ६०० पुगेको पछाईको भनाइ थियो।

नदीमा पानीको बहाव घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनुलगायत कारण दिन प्रतिदिन माछाको सङ्ख्या घटदै गएको जिल्लास्थित भेटेरिनरी अस्पतालका चिकित्सक गोविन्द महतले बताउनुभयो। जिल्लाबाहिर समेत ठूलो परिमाणमा पठाइने उक्त माछा अहिले पाउनै मुस्किल भएको जानकारी दिँदै उहाँले  नदीमा जथाभावी डोजर प्रयोग गरिँदा पनि स्थानीय माछा लोप हुन थालेको हो भन्नुभयो । 

चिकित्सक महतले केही महिना अघि नदी छेउछाउमा भेटिएका माछालाई अनुसन्धानका लागि काठमाडौँको प्रयोगशालामा पठाइएकामा अझैसम्म त्यसको प्रतिवेदन नआएको जानकारी दिनुभयो। माछा मार्नका लागि जाल हाल्ने, निया हाल्ने, झरौला हाल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन पछिल्लो समय हराउँदै गएको छ। केही वर्षयता नदीमा करेन्ट लगाउने र विषादी प्रयोग गर्ने क्रम बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ। असला माछाको संरक्षणका लागि सरोकारवाला निकायको समयमै ध्यान जानुपर्ने स्थानीयवासी मनोज बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो