2026-08-30 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यान्सरका बिरामीलाई कर्णाली प्रदेश सरकारको सहयोग

साउन १४, सुर्खेत  | कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५-७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई रु तीन लाख ६५ हजार प्रदान गरेको हो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले गत वर्षको वार्षिक कार्यक्रमअनुसार आर्थिक सहायता प्रदान गरिएको जानकारी दिनुभयो । आन्द्रा, पिसाबथैली, फोक्सो, बे्रन ट्युमर, स्तन, पाठेघर र ब्लडक्यान्सर भएका ती बिरामीलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा सहायता रकम प्रदान गरिएको हो । 

प्रवक्ता अधिकारीका अनुसार सहायता पाउनेहरुमा हुम्ला ओदानचुलीका लोकबहादुर फडेरा, ताजाकोटका पुनिमल बुढा, खार्पुनाथका मोतीलाल जैसी, सुर्खेत बराहतालका तीर्थबहादुर गौतम, वीरेन्द्रनगरका बासुदेव जिसी, पञ्चपुरीका मनरुपी सुवेदी, चौकुनेका पुष्कलप्रसाद खनाल, मुगु सोरुका बाली जैसी, महाबु दैलेखका जयन्ती सिंह, दुल्लुका गायत्री उपाध्याय र कालीकोट रास्कोटका परिमल कामी हुनुहुन्छ । उहाँहरुलाई जनही रु २५ हजारदेखि ४० हजारसम्म प्रदान गरिएको थियो ।

मन्त्रालयको हवाई उद्धार सेवाअन्तर्गत गत आर्थिक वर्षमा १० गर्भवतीको उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थाको सिफारिशका आधारमा उच्च जोखिममा परेका गर्भवतीलाई सुरक्षित सुत्केरीका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । यो सेवा लिनेहरुमा हुम्लाबाट सात, मुगु, डोल्पा र सुर्खेतबाट एक-एक जना छन् । स्वास्थ्य निर्देशनालयले हवाई उद्धारका लागि रु २५ लाख ५९ हजार ७०२ को बिल भुक्तानी गरिसकेको जनाएको छ ।

सुरक्षित सुत्केरीलाई हेलिकप्टरमार्फत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल र काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने