Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार गर्नेलाई धमाधम गिरफ्तार गरिएको छ : प्रम ओली

२०७६, १४ श्रावण मंगलवार १५:५६

साउन १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज  उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।” 

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गर्नुभयो । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उहाँले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो ।

“ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो, तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्, योभन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए, त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गर्छन् ।” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रतिनिधिमण्डलले बागलुङको गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहजरुपमा सेवा दिने आफ्नो नीति भएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश