Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

२०७६, १४ श्रावण मंगलवार १६:००

साउन १४, काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । 

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । 

त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश