Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट शरद गौचनको हालतमा पुर्‍याइदिने भन्दै ठेकेदारलाई धम्की

२०७६, १५ श्रावण बुधबार ०२:५९

साउन १५, काठमाडौं । चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूचनाका आधारमा विस्तृत अनुसन्धान थालेको छ। त्यस क्रममा दुई जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ।

सीआईबी प्रमुख डीआईजी नीरज शाहीले व्यवसायीलाई मार्ने धम्की दिएर पैसा माग्ने समूहबारे अनुसन्धान भइरहेको बताए।

‘केही फोन दुबईबाट आएको देखिन्छ। केहीले इन्टरनेट फोन प्रयोग गरी धम्क्याएको पायौं’, डीआईजी शाहीले भने, ‘प्रारम्भिक चरणमा दुई जनालाई समातेका छौं। हामी थप अनुसन्धानमै छौं।’

दुबईमा बसेर धम्क्याउने व्यक्तिविरुद्ध अनुसन्धानपछि तथ्यका आधारमा सीआईबीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हालतमा पुर्‍याइदिने धम्की दिएका छन्। शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो। फरक–फरक व्यक्तिले धम्क्याउने गरेको व्यवसायीको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश