१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रस्नालु र बेताली गाविसमा २१ सय १५ थान ब्ल्याङकेट बितरण ।

२८ माघ २०७२, बिहीबार ०१:५९

माघ २८, प्रज्वल पौडेल, रामेछाप ।
भुकम्पपछि अस्थायी
आवासको कष्टकर बसाईमा रहेका रामेछाप जिल्लाको उत्तरी भेगका रस्नालु र बेताली गाविसमा बुधबार २१ सय १५
थान ब्ल्याङकेट बितरण गरिएको छ । रस्नालु गाविसका ११ सय १० र बेताली गाविसका १ हजार ५ भुकम्प पिडित घर
परिवारलाई यु.एन.एच.सि.आर र हेन्डर्स ईन्टरनेसनल नामक संस्थाको सहयोगमा श्री सिर्जनसिल युवा समाज
चिसापानी रामेछापले ब्ल्याङकेट बितरण गरेको हो ।
जाडोले निकै सताएको समयमा ओढ्नका लागी कम्मल,
ब्ल्याङकेट पाएपछि स्थानियहरु खुसि भएका छन् । उनीहरुले नागरिकहरुको तत्कालको समस्या पहिचान गरेर
आवश्यकता तथा माग अनुसारको राहात बितरणलार्ई निरन्तरता दिन पनि आग्रह गरेका छन् । ब्ल्याङकेट बितरण
कार्यक्रममा श्रीजनसिल युवा समाजका अध्यक्ष भुवनकुमार श्रेष्ठ, उपाध्यक्ष रामकुमार श्रेष्ठ, कार्यक्रम
संयोजकहरु लव श्रेष्ठ र गोपाल श्रेष्ठ, रस्नालुमा गाविस सचिव श्यामकुमार श्रेष्ठ, प्रहरी चौकी बेतालीका
ईन्चार्ज र स्थानिय राजनीतिक दलकोे सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष भुवनकुमार श्रेष्ठले
श्रीजनसिल युवा समाज चिसापानीले पिडामा परेका नागरिकहरुको आवश्यकता पहिचान गरि सक्दो सहयोग गर्दै जाने
बताएका छन् । उनले अब चाडै रामेछापका पुरानागाउँ, चनखु र फर्पुमा पनि यस्तै सामाग्री बितरण गर्ने
संस्थाको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का