‘खरी सेवा समाज (धादिङ) काठमाडौँ’मा राजनीति घुसेपछी…

साझासवाल
8 Min Read

अनिल अधिकारी | साउन १७, काठमाडौँ | विशुद्ध सामाजिक सेवाको उद्देश्यले खुलेका संस्थाहरुमा राजनीति तथा स्वार्थगत प्रवृति हावी हुँदा संस्थानै प्रदुषित हुने रोग नयाँ होइन । पछिल्लो समय धेरै सामाजिक संस्थालाई यस्तै तत्वले प्रदुषित गर्दै लगेका छन् ।

एक निश्चित भूगोल वा समाजलाई समेट्ने भनि लक्षित भएका संस्थामा सुशासन र लक्षित बर्ग केन्द्रित सोच भन्दा पनि राजनीतिक स्वार्थ हावी भईदिँदा त्यसको असर प्रत्यक्ष संस्थामा पुग्ने गरेको छ । संस्था संचालनको क्रममा सुशासन र विकासको नेतृत्व भन्दा पनि गुटको नेतृत्व हुनुले जिम्मेवार नेतृत्व पाएकाहरुको समेत अवमुल्यन हुने गरेको छ । त्यस्तै अवमुल्यनको पात्र 'खरी सेवा समाज (धादिङ) काठमाडौँ'का पछिल्ला नेतृत्व बनेका छन् ।

धादिङ जिल्ला साविक खरी गाविसबाट काठमाडौँ आई बिभिन्न पेशा व्यवसायमा संलग्नहरुलाई आफ्नो गाउँप्रति उत्तरदायी र सामाजिक सेवामा केन्द्रित भावना पैदा गराई सिंगो खरीमा सेवा गर्ने उद्देश्यले झन्डै १० बर्ष अघि स्थापित यो संस्था पछिल्लो समय राजनीतिक दुर्गन्धको सिकार बन्न पुगेको छ । बिगतमा केहि गन्ध छ भन्ने सुनिए पनि स्पष्ट थिएन तर ५ औं साधारणसभा पछि त्यसभित्रको राजनीतिक संघर्षले भयावह स्थिति पैदा गराएको गुनासाहरु आएका छन् ।

माथिको तश्वीर: असार २८ गते खरी सेवा समाजको ५ औं विशेष साधारणसभा उद्घाटन हुँदै ।

संस्थाको गत असार २८ गते काठमाडौँस्थित स्वयम्भुमा भएको बिशेष साधारण सभामा कसलाई अध्यक्ष बनाउने भन्ने विवादमा स्थगित भएपछी त्यसको दुई सातापछि साउन ११ गते नेतृत्व चयन भएको थियो । तर नेतृत्व चयनमा स्पष्ट राजनीतिक पक्षपात देखिको भन्दै विवाद आएपछी संस्थाभीत्रको दुर्गन्धित राजनीति सार्वजनिक हुन पुगेको छ । नेकपा पक्षले संस्थाको मुख्य पदहरु सबै लिएपछी कांग्रेस पक्षले संस्थाको अन्य पद बहिस्कार गरि बाहिरिएका छन् । कांग्रेस पक्षलाई उपाध्यक्ष पदमात्र दिएर बाँकी आफै राख्ने समीकरण सहित उक्त दिनको कार्यक्रम तय गरिएको कांग्रेस पक्षको आरोप छ । उता नेकपातर्फका भनिएकाहरुले त्यसको खण्डन गरेका छन् ।

असार २८ र साउन ११ गतेका घटना सार्वजनिक भएपछि त्यसका धेरै टिकाटिप्पणी सुरु भएका छन् । संस्थासंग सरोकार राख्ने केहिले संस्थामा राजनीति छिराएर संस्थाको छवि गिराउने काम भएको भन्दै आलोचना गरेका छन् भने केहिले नेतृत्व चयनको समयमा हलभीत्रै राजनीतिक समीकरणको हिसाव भएको बताएका छन् । असार २८ गतेनै नेतृत्व चयन भई ५ औं कार्यकालको लागि जिम्मेवार व्यक्ति चयन गर्नुपर्ने समयमा राजनीतिक बिषयले गौण रुपमा रोल खेलेको कारण त्यस दिनको कार्यक्रम स्थगित भएको खरी सेवा समाजका एक जिम्मेवार सदस्यले बताए । त्यसपछि साउन ११ गते संस्थाको नेतृत्व चयन हुँदा कमसेकमलाई मात्र बोलाएर स्वार्थगत रुपमा नेतृत्व चयन गरिएको गुनासो छ । नेतृत्व चयनमा विवाद आएपछि संस्थामा उपलब्ध सदस्यले मत दिएर नेतृत्व चयन गर्नसक्ने वा त्यसो गर्न नसके सर्वस्वीकार्य रुपमा खरीबाट काठमाडौँमा बस्दै आएका आम सर्वसाधारणलाई बोलाएर मतदान नै गरेर भएपनि स्पष्ट नेतृत्व चयन गर्न सक्ने बाटो हुँदा-हुँदै बिबिध बहानामा साउन ११ गते सिमित व्यक्तिहरुको उपस्थितिमा नेतृत्व चयन गरेको बताइएको छ ।

माथिको तश्वीर: असार २८ गते खरी सेवा समाजको ५ औं विशेष साधारणसभा कार्यक्रममा सहभागीहरु ।

खरी सेवा समाजले आफ्नो चार कार्यकालसम्म बिभिन्न कार्यक्रम गरि संस्थाको विकासमा भूमिका खेलेपनि खरीबाट काठमाडौँ आई बिभिन्न पेशा व्यवसाय अंगालेका सबैलाई समेट्न नसकेको गुनाशो छ । त्यसो त उक्त बिषयको प्रमाण पाँचौं साधारण सभामा स्पष्ट देखियो । संस्थाको पाँचौं साधारण सभामा अन्य बेलाको कार्यक्रममा भन्दा बढी सहभागिता गराइएको भएपनि नेतृत्व चयनको स्पष्ट पुर्व तयारी नहुँदा तथा सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमा जाने बिषयमै अन्यौलता उत्पन्न भयो । उक्त दिन बिबाद देखिएपछि कार्यक्रममा सहभागी भएकाहरु सबैले मतदान गरेर नेतृत्व चयनको बिकल्प दिएका थिए । उक्त विकल्पलाई हलमा उक्त दिन अवेरसम्म बिबादका बीच कार्यक्रम स्थगित भएको थियो । तर राजनीतिक स्वार्थकै कारणले उक्त विकल्प नमानि साउन ११ गते नियोजित रुपमा नेतृत्व चयन गरिएको आरोप लगाइएको छ ।

माथिको तश्वीर: असार २८ गते खरी सेवा समाजको ५ औं विशेष साधारणसभा कार्यक्रममा नेतृत्व चयनको  प्रयास हुँदै ।

खरी सेवा समाज सिंगो खरीको संस्था बन्नबाट चुकेको भन्दै सिमित व्यक्तिहरुको चंगुलमा फसेको आरोप लगाइएको छ । त्यसमा पनि साउन ११ गतेको घटनाले संस्थालाई राजनीतिको फोहोरी खेलमा डुबाएको भन्दै टिप्पणी गरिएका छन् । संस्थाको हितको लागि निर्वाचन भएको भए वा राजनीति नभएको भए एक जना सकृय महिलाले नेतृत्व पाउने अवस्था रहेको तर राजनीतिक स्वार्थमा नियोजित रुपमा खरी सेवा समाजको नेतृत्व चयन गरेको उक्त संस्थाकै एक जिम्मेवार सदस्यले आरोप लगाए ।

स्वच्छ हुनुपर्ने संस्थामा राजनीति छिरेसँगै नेकपा समर्थित भनिएकाहरुबाटै पनि संस्थाप्रति आलोचना भएका छन् । एउटा साझा नाम राखेर संचालित हुनुपर्ने संस्थामा राजनीतिक दुर्गन्ध फैलनु खरीवासीको हितमा नभएको टिप्पणी गरिएका छन् । राजनीति स्वार्थले भरिएको नेतृत्वमा संचालित संस्थाप्रति खरीवासीहरुको सहानुभूति विस्तारै हराएर गएको भन्दै यही अवस्थामा खरी सेवा समाजको आगामी कार्यक्रमका सन्दर्भमा स्पष्ट राजनीति देख्न पाइने बताइएको छ । खरी सेवा समाजमा हाल देखिएको राजनतिक गन्ध स्वच्छताको दिशामा नगए हाल नेतृत्व लिएकाहरुकै लागि पनि आफ्नो कार्यकाल सहज नहुने स्पष्ट देखिएको छ ।

खरी सेवा समाजमा राजनीति छिराउनमा दोषी यही पार्टी भनेर इंगित गर्नुभन्दा पनि महत्वपूर्ण कुरा खरी सेवा समाज कसरी बिगतदेखि संचालनमा आयो भन्ने बिषयले भूमिका खेलेको बताइएको छ । संस्थाले बर्षेनी सदस्यता दिने तथा सदस्य नवीकरणका लागि बिधानअनुरुप काममा त्यति ध्यान नदिएको हरेक साधारण सभामा देखिएको समस्या हो । यसपटक राजनीति छिर्नुमा पनि संस्थाभीत्रकै कमजोरी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

सामाजिक संस्थाहरुले गर्दै आएको प्रयोगलाइ हेर्ने हो भने कुनै पनि संस्थाले सदस्यताको लागि आव्हान गर्ने वा हरेक बर्ष साधारण सदस्यहरुको नवीकरणमा विशेष ध्यान दिएर तिनै साधारण सदस्यहरुको सहमति वा मतको आधारमा आफ्नो नेतृत्व चुन्नुपर्ने हुन्छ । खरी सेवा समाजको अध्यक्ष र सचीव पदमा दुई वा दुईभन्दा बढी प्रत्यासी भएपछि त्यसलाई निर्वाचनले टुंगो लगाउँदा विवाद रहित हुने सहभागीहरुले अघिल्लो साधारण सभामै सुझाव दिएका थिए । संस्थाको कार्यक्रममा उपस्थिति खरीकै वासिन्दा भएपनि अधिकांशले संस्थाको साधारण सदस्यता समेत लिएका छैनन् । असार २८ गते नेतृत्व छनोटको बिबाद देखिएपछि हलमा सहभागी खरीका अन्य सहभागीहरुले हलमा उपलब्ध खरीका जनताले मतदान गरेर नेतृत्व चयन गर्ने कुरा चल्दा खरी सेवा समाजका सल्लाहकार तथा केहि संस्थामा आवद्धहरुले नमानेपछि कार्यक्रममा सहभागीहरुले 'हामीलाई खरी सेवा समाजको नेतृत्व चयन गर्न अधिकार छैन भने कार्यक्रममा किन बोलाएको त ?' भन्दै प्रश्न गरेका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply