१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा सम्पन्न

२८ माघ २०७२, बिहीबार ०२:०१

माघ २८, प्रज्वल पौडेल, रामेछाप

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा बैठक
बुधबार रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना
रामेछापको आयोजनामा भएको कार्यक्रममा सहभागीतात्मक योजनातर्जुमा प्रक्रियामा नागरिकहरुको सहभागीताको
अवस्था, नागरिक सचेतना केन्द्र तथा वडा नागरिकको योजना छनौट तथा कार्यान्वयमा देखिएको भूमिका लगाएतका
विषयहरुमा छलफल छलफल भएको छ ।

यसैगरी अर्धवार्षिक समिक्षा बैठकमा
संस्थाले सामाजिक परिचालकहरुले परियोजनाले तालिम दिएपछि रिफ्लेक्टमा संचालन गरेका नागरिक शिक्षा,
स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि तथा सहभागीतात्मक योजना तर्जुमा सम्बन्धि कक्षा
संचालन पश्चात् योजना छनौटमा भएको सकरात्मक पक्षहरु, आइपरेका समस्याहरु तथा अपनाउनु पर्ने रणनीतिहरुको
विषयहरुमा छलफल गरिएका परियोजनाका जिल्ला संयोजक उमङ्ग मैनालीले जानकारी दिए ।

असलशासन क्लब जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा साल्ज परियोजना काठमाण्डौकी क्षमता विकास अधिकृत शोभिता परियार, जिल्ला संयोजक उमङ्ग
मैनाली, स्थानीय सेवा प्रदायक संस्थाका कार्यक्रम संयोजक गम्भीर वि.क. सामाजिक परिचालकहरु गीता कार्की,
दुर्गा बहादुर माझी, काजी मुग्राती लगाएत ४४ गाविसहरु सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का