२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग

२०७६, २० श्रावण सोमबार १३:००

साउन २०, काठमाडौँ  । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो ।

विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण लामो समय विमान आकाशमै ‘होल्ड’ गरी राख्नुपर्ने अवस्था रहेको र उडान गर्नुपर्ने विमान समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनीकरण गर्न तत्काल सुधारका काम थाल्न आग्रह गरिएको छ । नाट्टाले पर्यटन क्षेत्रका विद्यमान समस्या, गरिनुपर्ने सुधार तथा सुझावसहितको १२ बुँदे प्रस्ताव मन्त्री भट्टराईसमक्ष पेश गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । अघिल्लो वर्ष जेठ १२ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको थियो । गत चैत २८ देखि जेठ मसान्तसम्म धावनमार्गको मर्मतको अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन भयो भने अहिले मर्मतपछि दैनिक पुनः २१ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

विमानस्थलको बढ्दो हवाई चाप नियन्त्रण तथा सेवा स्तरीकरणका लागि काम अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार विमानस्थलको मर्मतको बाँकी काम आगामी सेप्टेम्बर १ देखि शुरु भई डिसेम्बर ३१ मा सम्पन्न हुनेछ । यो चरणमा विमानस्थलको ‘ट्याक्सी वे’, ‘लिङ्क रोड’ निर्माण लगायतका काम सम्पन्न गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्ने उद्देश्यले सुधारका काम थालिएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले पर्यटकको पहिलो प्रवेशद्वार विमानस्थल भएकाले मुलुकबारे पहिलो प्रभाव पार्ने हुँदा विमानस्थलको सबै सेवालाई चुस्त र प्रभावकारी तुल्याउन आग्रह गर्नुभयो । उहाँले विमानस्थलको भौतिक संरचनाको (पार्किङ, ट्रली, शौचालय, टेलिभोन, नियमित सरसफाइ आदि) सुधार र सदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको टड्कारो आवश्यकता भएकाले बाराको निजगढ विमानस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गर्न नाट्टाले माग गरेको छ । यस्तै, निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा समयमै निर्माण सम्पन्न गरि यथाशक्य सञ्चालनमा ल्याउन तथा विराटनगर, धनगढीलगायत विमानस्थलको स्तरोन्नति गरिनुपर्ने सुझावपत्रमा उल्लेख छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यक्षमतासँग प्रत्यक्ष रुपमा पर्यटक आगमनको सम्बध रहेको र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अन्तर्राष्ट्रिय उडानका लागि जहाज थपेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरिएको छ । 

यसैवर्षभित्र कम्तिमा निगमसँग छ वटा न्यारो बडी तथा चार वटा वाइड बडी जहाज भित्र्याउनुपर्ने आवश्यकता रहेकामा दुई वटा न्यारो बडी सञ्चालनमा आएका र गत वर्ष खरीद गरिएका दुई वाइड बडी जहाज अन्तर्राष्ट्रिय लामा गन्तव्यमा उड्न नसक्नु विडम्बनापूर्ण भएको भन्दै नाट्टाले निगमको हालको व्यवस्थापन सुधार गरी युरोप अमेरिकालगायत चीन, दक्षिण कोरिया तथा जापानजस्ता मुलुकमा प्रमुख गन्तव्यमा उडाउने वातावरण सिर्जना गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय