Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

२०७६, २४ श्रावण शुक्रबार ०२:४३

साउन २४, सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो । 

पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश