२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता रामेछापमा सुरु (तस्विर सहित)

२०७२, ६ फाल्गुन बिहीबार ००:२०

फागुन ६, रामेछाप, प्रज्वल पौडेल

पाँचौ जिल्ला
स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट रामेछापमा सुरु भएको छ । सदरमुकाम मन्थलीमा
सुरु भएको खेलको उद्घाटन स्थानिय विकास अधिकारी दिनेशराज पन्तले गरेका हुन् ।

rastapati raning]

(राष्ट्रपति रनिङशिल्ड खेलकुद उद्घाटन ….)

rastapati raning 8ee

फागुण ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा
एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए ।

rastapati raning  3

(मञ्चमा अाशिन अथितिहरु…)

rastapati raning 2

बुधबार भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक
विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप
सदस्य कल्पना खड्काले बताइन् ।

उनका अनुसार पुरुष भलिबल अन्तरगत
मन्थली उमावि र काकलिङ उमावि दोरम्बा बिच भएको खेलमा काकलिङ उमावि दोरम्बा, गोकुलगंगा उमावि रस्नालु र
बिष्णुज्योती मावि आगेँटार माकादुम बिच भएको खेलमा बिष्णुज्योती मावि माकादुम बिजयी, जनजागृत उमावि
बेताली र अरुणोदय मावि सैैपु बिच भएको खेलमा अरुणोदय मावि सैैपु विजयी भएका छन् ।

यो सँगै पुरुष भलिबलमा काकलिङ उमावि दोरम्बा, बिष्णुज्योती मावि माकादुम,
अरुणोदय मावि सैपू सेमीफाइनलमा प्रवेश गरेका छन् भने तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के देउराली
मावि वीच विहिबार हुने खेलबाट विजयी टीम सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला खेलकुद समिति रामेछाप सदस्य
खड्काले जानकारी दिइन् ।
प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र
छात्रा ७ टिमको सहभागीता छ ।


यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र
अरुणोदय मावि सैपु तृतीय भएका छन् ।
जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको सो
प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका विद्यार्थीहरुले भाग लिइरहेका छन् ।

rastapati raning 6

(कला
प्रदर्शन गर्दै विद्यार्थीहरु………..)

rastapati raning 7ee

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !