2026-09-19 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

साउन २६, रसुवा ।गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने  यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट नेपालले  स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्न थालिसकेका छन् ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक गोसाइँकुण्ड मेलामा स्नान र पूजाआजाका लागि १५ हजार भक्तजन निलाद्री पर्वत पुग्ने लक्ष्यका साथ प्राथमिक उपचारको साथै उद्वारसमेतको व्यवस्था मिलाइसकिएकाले  गोसाइँकुण्डको यात्रा गर्न सम्पुर्ण तीर्थालुसमक्ष आग्रह गरिएको अध्यक्ष डिएमले बताउनुभयो ।

दुई दशकदेखि पवित्र तीर्थको बढी लेक लाग्ने स्थानमै शिविरको माध्यमबाट अक्सिजनसहितको उपचार सेवा दिँदै आएको हिमालय उद्वार सङ्घले यस वर्ष छ दक्ष चिकित्सकसहितको टोली परिचालन गरेकाले आकस्मिक उपचार सेवामा कुनै कमी नआउने  गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

कुनै यात्रुलाई लेक लाग्ने समस्या आइहालेमा नेपाली सेनालागायतका सुरक्षा अङ्गद्वारा तुरून्तै उद्वार गरी होचो भू–भागमा पु¥याउने व्यवस्थासमेत मिलाइसकिएको बताइएको छ । उद्वारको व्यवस्था यही २६ गते आइतबारदेखि ३० गते जनैपूर्णिमाको दिनसम्म विशेष मेलामा टाढा–टाढाबाट आउने तीर्थयात्रीका लागि उद्वारको सहयोग निर्वाधरूपले हुने स्थानीय प्रशासनले जनाएको छ । यात्रुलाई  खान तथा बस्न धुञ्चेको तिवारीबगरदेखि गोसाइँकुण्डसम्म ८५ अस्थायी छात्रा (थर्कु) र स्थायीरूपका पक्की १७ होटल सञ्चालनमा रहेको बताइएको छ ।

यात्रुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाई  सुरक्षाकर्मीसमेत परिचालन भइसकेको बताउँदै जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ओमप्रसाद वाग्लेले सुरक्षाको थप जानकारीका लागि नजिकको प्रहरी बिट वा जिल्ला प्रहरी कार्यालय रसुवाको टेलिफोन नम्बर ०१०–५४०१९९ टोल फ्रि नम्बर १००, प्रहरी प्रवक्ताको मोबाइल नं ९८५१२५४९६० र ट्राफिक प्रहरीको मोबाइल नं ९८५१२८२६६८ मा सम्पर्क राख्न सम्पूर्ण यात्रुहरूमा आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई