२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

घुम्ती शिविरबाट नागरिकले सरकारी सेवा सुविधा पाउने

२०७२, ६ फाल्गुन बिहीबार ०२:३७

फागनु ६,
प्रज्वल पौडेल, रामेछाप । 

रामेछापका दुर्गम भेगका नागरिकले घरदैलोमै सरकारी सेवा सुविधा पाउने भएका छन् ।
यही फागुन २० गतेदेखि जिल्ला प्रशासनले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएपछि नागरिकहरुले घरदैलोमै
नागरिकता, जग्गापास लगायतका सेवा घरमै पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको
अध्यक्षतामा बुधबार बसेको कार्यालयका प्रमुखहरुको वैठकमा सो जानकारी गराइएको हो ।

वैठकले फागुन २० र २१ गते भुजी गाविसमा, चैत्र ३
र ४ गते लखनपुरमा र चैत्र ५ र ६ गते गाल्पामा वृहत एकिकृत घुम्ति शिविरहरु सञ्चालन गर्ने निर्णय गरेको छ
। घुम्ति शिविरमा नागरिकता प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहीतको मतदाता नामावली, कृषि सेवा तथा
बीउ वितरण, पशुसेवा तथा औषधी वितरण, सर्वसाधारणको स्वास्थ्य परीक्षण, प्रविधि हस्तान्तरण, जनचेतना लगायत
अन्य सेवाहरु प्रदान गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

शिविरहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन  सहायक प्रमुख जिल्ला
अधिकारी सिताराम थापाको संयोजकत्व घुम्ति शिविर व्यवस्थापन कार्यदल गठन गरिने भएको छ । त्यस्तै कार्यालय
प्रमुखहरुले जिल्लाका रेडियोबाट नियमित रुपमा जनगुनासो सुनी सम्बोधन गर्ने नयाँ योजना पनि अघि सारेको छ

बैठकले सडक सीमा अतिक्रमण
गरि कुनैपनि नयां निर्माण गर्न नपाइने, जिल्लामा विकास निर्माणका योजना र कार्यक्रम तीब्रताकासाथ अगाडि
बढाइ नियमित अनुगमन गर्ने, सवै कार्यालयहरुका सूचना अधिकारीहरुको नाम, थर, पद र मोवाइल नम्बरसहितको
विवरण जिल्ला प्रशासन कार्यालयमा राख्ने र कुनैपनि राष्ट्रसेवकले कार्यालय समयभित्र ट्रेड यूनियनका
काममा लाग्न नपाइने निर्णय समेत गरेको  प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभएको छ ।

shesh paudel

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला