१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

घुम्ती शिविरबाट नागरिकले सरकारी सेवा सुविधा पाउने

६ फाल्गुन २०७२, बिहीबार ०२:३७

फागनु ६,
प्रज्वल पौडेल, रामेछाप । 

रामेछापका दुर्गम भेगका नागरिकले घरदैलोमै सरकारी सेवा सुविधा पाउने भएका छन् ।
यही फागुन २० गतेदेखि जिल्ला प्रशासनले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएपछि नागरिकहरुले घरदैलोमै
नागरिकता, जग्गापास लगायतका सेवा घरमै पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको
अध्यक्षतामा बुधबार बसेको कार्यालयका प्रमुखहरुको वैठकमा सो जानकारी गराइएको हो ।

वैठकले फागुन २० र २१ गते भुजी गाविसमा, चैत्र ३
र ४ गते लखनपुरमा र चैत्र ५ र ६ गते गाल्पामा वृहत एकिकृत घुम्ति शिविरहरु सञ्चालन गर्ने निर्णय गरेको छ
। घुम्ति शिविरमा नागरिकता प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहीतको मतदाता नामावली, कृषि सेवा तथा
बीउ वितरण, पशुसेवा तथा औषधी वितरण, सर्वसाधारणको स्वास्थ्य परीक्षण, प्रविधि हस्तान्तरण, जनचेतना लगायत
अन्य सेवाहरु प्रदान गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

शिविरहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन  सहायक प्रमुख जिल्ला
अधिकारी सिताराम थापाको संयोजकत्व घुम्ति शिविर व्यवस्थापन कार्यदल गठन गरिने भएको छ । त्यस्तै कार्यालय
प्रमुखहरुले जिल्लाका रेडियोबाट नियमित रुपमा जनगुनासो सुनी सम्बोधन गर्ने नयाँ योजना पनि अघि सारेको छ

बैठकले सडक सीमा अतिक्रमण
गरि कुनैपनि नयां निर्माण गर्न नपाइने, जिल्लामा विकास निर्माणका योजना र कार्यक्रम तीब्रताकासाथ अगाडि
बढाइ नियमित अनुगमन गर्ने, सवै कार्यालयहरुका सूचना अधिकारीहरुको नाम, थर, पद र मोवाइल नम्बरसहितको
विवरण जिल्ला प्रशासन कार्यालयमा राख्ने र कुनैपनि राष्ट्रसेवकले कार्यालय समयभित्र ट्रेड यूनियनका
काममा लाग्न नपाइने निर्णय समेत गरेको  प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभएको छ ।

shesh paudel

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का