Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

२०७६, २८ श्रावण मंगलवार ०५:२८

साउन २८, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् । आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

नयाँ नियम सार्वजनिक भए सँगै अमेरिकामा ग्रीनकार्ड पाउन थप मुस्किल

कानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउन र स्थायी नागरिकता पाउन अर्थात् ग्रीन कार्डको प्रक्रिया डोनल्ड ट्रम्प प्रशासनले थप मुस्किल बनाउने भएको छ । यो परिवर्तनले सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म आश्रित हुने आप्रवासी प्रभावित हुनेछन् । सरकारले आप्रवासनसँग जोडिएका नयाँ नियमको घोषणा गरेको छ जसअनुसार ती आप्रवासीको निवेदन स्विकार गरिने छैन जसले भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामाथि आश्रित हुनसक्छन् ।

ह्वाइट हाउसले भनेको छ, ‘अमेरिकी नागरिकको हितको रक्षाका लागि देशमा आउने आप्रवासी आत्मनिर्भर हुन आवश्यक छ ।’ अधिकारीकाअनुसार यो नियमले ‘स्वावलम्बनको महत्व’ लाई थप प्रभावकारी बनाउनेछ ।ट्रम्प प्रशासनको नयाँ नियमको असर कम आम्दानी भएका नेपालीमा पनि पर्न सक्छ ।

अंग्रेजी जान्नैपर्नेः

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मलेनमा यो नियमको घोषणा गरे । उनले भने, ‘ग्रीन कार्डका लागि निवेदकको आर्थिक स्थिती, शिक्षा, आयु र उनीहरुले  अंग्रेजी जानेको स्तरलाई आधार मानेर निर्णय लिइनेछ । कुनै एक मापदण्डलाई आधार मानेर यसबारे विचार गरिनेछैन । ’ सोमबार फेडरल रजिस्टरमा ‘पब्लिक चार्ज रुल’ नामको यो नयाँ नियम प्रकाशित भएको हो । नयाँ नियम यसै वर्ष १५ अक्टोबरदेखि लागू हुनेछ ।

नियमको असर क–कसलाई ?

ती आप्रवासी जसले पहिले नै अमेरिकी नागरिकता पाइसेकका छन्, उनीहरुलाई यसले कुनै असर पार्नेछैन । साथै शरणर्थी वा शरणार्थी शिविरमा बसिरहेकालाई पनि यो नियम लागू हुनेछैन । तर भिसा बढाउने सम्बन्धि दिइने निवेदन, ग्रीन कार्ड वा अमेरिकी नागरिकता पाउनका लागि दिइने आवेदनमा यो नियम लागू हुनेछ ।

यो नयाँ नियम अनुसार ती व्यक्ति जसको कमाई मापदण्ड अनुसार छैन वा जसले सरकारी मद्दत जस्तै खाद्य, अस्पताल वा सरकारी घरको आशा गर्छन् उनीहरुलाई भविष्यमा अमेरिकामा प्रवेशका लागि अनुमती पाउन मुश्किल हुनसक्छ ।

अहिलेको स्थितीमा अमेरिकामा बस्ने सरकारी सुविधामाथि निर्भर रहने आप्रवासीको निवेदन खारेज हुने सम्भावन अत्यधिक छ । एक अनुमानका अनुसार अमेरिकामा कानूनी रुपमा २.२ करोड मानिस छन् जोसँग त्यहाँको नागरिकता छैन । उनीहरुमाथि नयाँ नियमले असर पुर्याउने अनुमान गरिएको छ ।

यस्तै मानवाधिकार समूहले ट्रम्प प्रशासनको यो निर्णयको आलोचना गरेका छन् । उनीहरुका अनुसार यो नियम कम आय भएका आप्रवासीलाई रोक्ने कोसिस हो । नेशनल इमिग्रेशन ल सेन्टरले नयाँ नियम लागू हुनलाई रोक्नका लागि ट्रम्प प्रशासनविरुद्ध अदालतको ढोका ढक्ढकाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित