१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

६ फाल्गुन २०७२, बिहीबार ०५:१६

फागुन ६, रामेछाप, प्रज्वल पौडेल

बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय
राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम मन्थलीमा जारी रहेको छ ।

आज भएको पूरुष भलिबल प्रतियोगीताबाट अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा
फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पूरुषोतम कडेरियाले बताउनुभयो

आज विहान तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के
देउराली उमावि विच भएको खेलमा खिम्ती विजयी हुदै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै सेमिफाइनल
अन्तर्गत अरुणोदय मावि सैपू र विष्णु जनज्योति माकादुम विच भएको पहिलो खेलमा सैपू विजयी भएको छ भने
तामाकोशी जनजागृत उमावि खिम्ती र काकलिङ उमावि दोरम्बा वीच भएको दोस्रो खेलमा दोरम्बा विजयी भएको छ ।

यो सँगै तामाकोशी जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि
माकादुमले तृतीय स्थान हासिल गरेका छन् । फाइनल खेल भोली विहान संचालन हुने जिल्ला खेलकुद विकास समितिका
अध्यक्ष कडेरियाले जानकारी दिनुभयो । प्रतियोगीतामा एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका
खेलहरु भइहेको उहाँको भनाई छ ।

rastpati

 

हिजो भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक
विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप
सदस्य कल्पना खड्काले बताइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता थियो ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री
कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समिति
रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका
विद्यार्थीहरुले भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का