2026-09-13 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एउटै जिल्लामा कतै सार्वजनिक विदा, कतै शैक्षिक विदा मात्रै

साउन ३०, दाङ  | जनैपूर्णिमाको अवसरमा एउटै जिल्लामा पनि कतै सार्वजनिक विदा दिइएको छ भने कतै शैक्षिक संस्थामा मात्रै विदा दिइएको छ। जिल्लाका दुई उपमहानगरपालिका मध्य घोराहीले जनै पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको छ । 

रक्षावन्धन र जनैपूर्णिमा तथा स्थानीय नेवार समुदायको गाइजात्रा समेतलाई मध्यनजर गर्दैै सार्वजनिक विदा दिइएको छ। उपमहानगरपालिकाको बुधवारको बैठकले उपमहानगर र अन्तरर्गतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हाे।

तर तुलसीपुर उपमहानगरपालिकाले भने विद्यालयहरुमा मात्रै विदा दिने निर्णय गरेको छ । जनैपूर्णिमाकाे सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी शैक्षिक विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा विदा दिइएको बताए ।

शैक्षिक संस्था बाहेक अरुलाई भने विदा प्रदान गरिएको छैन। किन शिक्षा क्षेत्रमा मात्रै विदा दिइएको हो? भन्ने प्रश्न गर्दा शिक्षा संयोजक विकले भने–‘विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको वोध गर्दै विदा दिएका हौं।’

शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा विदा दिँदै आएको हुँदा जनैपूर्णिमाको अवसरमा भने शैक्षिक संस्थाहरुलाई मात्रै विदा दिने निर्णय भएको उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन