२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

६ फाल्गुन २०७२, बिहीबार ०५:५१

फागुन ६, रामेछाप, प्रज्वल पौडेल ।

बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम
मन्थलीमा जारी रहेको छ ।

आज भएको पूरुष भलिबल प्रतियोगीताबाट
अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछाप का
अध्यक्ष पूरुषोतम कडेरियाले बताउनुभयो ।

आज विहान तामाकोशी
जनजागृती उमावि खिम्ती र सुर्के देउराली उमावि विच भएको खेलमा खिम्ती विजयी हुदै सेमिफाइनल प्रवेश गरेको
थियो । यस्तै सेमिफाइनल अन्तर्गत अरुणोदय मावि सैपू र विष्णु जनज्योति माकादुम विच भएको पहिलो खेलमा
सैपू विजयी भएको छ भने तामाकोशी जनजागृत उमावि खिम्ती र काकलिङ उमावि दोरम्बा वीच भएको दोस्रो खेलमा
दोरम्बा विजयी भएको छ ।

यो सँगै तामाकोशी जनजागृत उमावि खिम्ती र
विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन् । फाइनल खेल भोली विहान संचालन हुने जिल्ला
खेलकुद विकास समितिका अध्यक्ष कडेरियाले जानकारी दिनुभयो । प्रतियोगीतामा एथ्लेटिक्स ,भलिवल, कपर्दी,
मार्सल आर्ट लगाएका खेलहरु भइहेको उहाँको भनाई छ ।

rastpati

 

हिजो भएको
महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी
द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप सदस्य कल्पना
खड्काले बताइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता थियो ।

यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री
कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समिति
रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका
विद्यार्थीहरुले भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली