2026-07-06 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेन

2019-08-19

भदौ २, दाङ | दाङको तुलसीपुरमा तीन दिनअघि झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेको छैन। तीन दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि सोमबार उनीहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले पोष्टमार्टम भइसकेपछि तुलसीपुर उपमहानगरपालिकालाई जिम्मा लगाइएको जानकारी दिएको छ। ‘सडे गलेको अवस्थामा फेला परेको शव थप राख्न सक्ने अवस्था नभएको हुँदा पोष्टमार्टमपछि हामीले नगरपालिकालाई दिइसकेका छौं। सायद आजै शवको अन्त्येष्टि नगरले गर्छ होला,’ प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहले भने।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित रात पहरको डाँडामा वनमाराको झाडीमा शव फेला परेको थियो। उक्त जग्गा १९ नं. बाहिनीको हो। जसको नजिकै घना जंगल छ। घटनास्थल गहतेखोलादेखि झन्डै तीन सय मिटर पश्चिम र तुलसीपुर बजारदेखि साढे ३ किलोमिटरको दूरीमा पर्छ।

गत शनिबार दिउँसो साढे ३ बजेतिर गाईवस्तु चराउन गएका ग्वालाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी महिलाको हत्या भएको आशंका प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो