पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ३, दाङ |</b> दाङमा एनसेलको टावरमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाह अनुसार गयराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो । टावरको जेनेरेटर र तारमा क्षति पुगेको उनले जानकारी दिए । <br></p><p>टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए । </p>

