<p><b>भदौ ६, मध्यपुरथिमि । </b>मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको बा७३प ९७२१ नंको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नंको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । </p><p> दुर्घटनामा घाइते चालक मध्यपुरथिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । </p>
भक्तपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु
Leave a Comment

