पढ्न करिब 2 मिनेट लाग्छ

महेश सिंह | भदौ ७, सिरहा । दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ ।

अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कम क्षेत्रफल र बढी जनसंख्या रहेको २ नं. प्रदेशमा चार प्रतिशत भू भागमा मात्रै वन जंगल रहेकोले वृक्षारोपण कार्यको शुभारम्भ गरिएको वताउनुभयो ।

धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको थालनी गर्दै मन्त्री मण्डलले प्रदेश नं. २ अन्तर्गतको आठ वटा जिल्लाको लागि करिव ४० प्रतिशत वन जंगल आवश्यक रहे पनि दिन प्रति दिन वन फडानीले प्रदुष्णको साथसाथै भूक्षयको पनि स्थानीयहरु सिकार भइरहेको वताउनुभयो । मन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण अन्तर्गत आठ वटै जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइर लगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको वताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले प्रदेश नं. २ को कार्यक्रम र डिभिजन वन कार्यालयको कार्यक्रम सँगसँगै लिएर जाने बताउँदै उहाँले अवको दुई वर्षभित्रमा सिरहास्थित रहेको सम्पूर्ण ऐलानी पर्ति जग्गामा विरुवा रोपन कार्य सम्पन्न गरिने वताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, डिभिजन वन कार्यालय सिरहाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय सिरहाले गरेका थिए ।