२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा झरनाबाट खसेर एक सैनिकको मृत्यु

१२ भाद्र २०७६, बिहीबार १५:४०

भदौ १२, लमजुङ । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ । दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो । 

उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो । सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेर घाइते भएका थिए । उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य