2026-09-13 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चार पुल सञ्चालनमा

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो । 

पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । तर अहिले सहज भएको छ । “लामो समयदेखि पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्नुपरेको थियो”, उहाँले भन्नुभयो, “तर अहिले केही पुल सञ्चालनमा आएपछि सहज भएको छ ।” पुल निर्माण नहुँदा वर्षात्को सयममा यात्रुले निकै सास्ती खेप्नुपरेको थियो । वर्षाको समयको आएको भेलले सवारी वारपारसमेत समस्या हुने गरेको थियो । 

पोखरेलका अनुसार सक्राम खोलाको पुल पनि छिटफुट रुपमा सञ्चालनमा आएको छ । त्यस्तै अबको दुई महीनाभित्र घोराही–तुलसीपुर सडकखण्डबीचका बबई खोला पुल र गुर्जे खोलाका पुल पनि सञ्चालनमा आउने उहाँले बताउनुभयो । बबई र गुर्जे खोलवाको काम पनि अन्तिम चरणमा पुगेको छ ।  

डेढ वर्षअघिदेखि निर्माण शुरु भएको ग्वारखोलाको पुल निर्माणको काम भने आधाभन्दा बढि पूरा भएको छ । त्यस्तै सिस्ने खोलाको पुल निर्माणको काम पनि जारी छ । सबै पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज हुने उहाँको भनाइ छ । पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज भएको सवारी चालक सुनिल बिसीले बताउनुभयो । 

घोराही–तुलसीपुर सडकखण्डबीचमा पर्ने पत्रेखोलाको पुल निर्माणको काम भने अलपत्र छ । त्यहाँ दुईवटा पिल्लर ठड्याइएको छ । त्योभन्दा काम अघि बढ्न सकेको छैन । त्यहाँको पुल निर्माणका लागि नयाँ सामान ल्याउनुपर्ने हुँदा पनि काममा ढिलाइ भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । 

उक्त पुलका लागि आवश्यक पर्ने सामग्री नेपालमा नपाइने भएकाले पनि समयमा काम हुन नसकेको उहाँको भनाइ छ । सोही खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेकोसमेत उहाँले बताउनुभयो । पुललाई छिटो शुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए पनि सम्बन्धित निर्माण व्यवसायीले अटेरी गर्ने गरेकोसमेत उहाँको भनाइ छ । चालिस मिटर लम्बाइ रहेको उक्त पुल निर्माणको काम अहिले आधा नभई अलपत्र भएको छ । डेढ वर्षमा पुल निर्माण सक्ने गरी शङ्करमाली निर्माण सेवाले २०७१ भदौ ११ गते सम्झौता गरेको थियो । 

ठेकेदारको लापरवाहीले पुल निर्माण ढिलाइ

ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ हुने गरेको सूचना अधिकारी पोखरेलको भनाइ छ । उहाँका अनुसार प्राविधिक सामग्री समयमा उपलब्ध नहुँदा पनि काममा केही ढिलाइ हुने गरेको छ । डेढ वर्षमा निर्माण सक्नुपर्ने पुल पाँच वर्षसम्म पनि निर्माण हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो । 

शीतलपुरको पुल जीर्ण

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमेलिया सडकखण्डको शीतलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । पुलमा गरिएको पुरानो कालोपत्रे ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समेत समस्या हुने गरेको छ । समयमै मर्मत नहुँदा अहिले ठाउँठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयले बताएका छन् । पुलको पूर्वतिरको भाग कमजोर हँुदै गएको छ । विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो । हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन