2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा नगरपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा एकको मृत्यु

भदौ १९, जनकपुर | कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये  एक जनाको मृत्यु भएको छ | झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले लाठीचार्ज गर्दा मण्डलसहित लगभग आधा दर्जन स्थानीय घाइते भएका थिए।

झडपमा परी गम्भीर घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो। त्यसयता उनी अंचल अस्पतालमै उपचाररतः थिए। यता तपेश्वरको मृत्यु भएपछि आक्रोशित बनेका हँसपुरका स्थानीयहरू मेयर मण्डलविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले कुटपिट संलग्न मेयर मण्डललाई कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन