पढ्न करिब 1 मिनेट लाग्छ
<p>भदौ २०, महोत्तरी | बलात्कार प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमा दुई समूहबीच झडप भएको छ | </p><p>सोनमा गाउँपालिका–६, मगरथानाकी एक महिलाले गत सोमबार आफूमाथि स्थानीय जासिम नदाफ र नसिर नदाफले बलात्कार प्रयास गरेको भन्दै प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् । महिलाको निवेदनपश्चात मिलापत्रका लागि प्रहरी चौकीमा भेला भएका दुवै पक्षको बीचमा झडप भएको प्रहरीले जनाएको छ ।</p><p>छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिएको प्रहरी चौकीले जनाएको छ ।</p>

