२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको थवाङमा पहिरोमा परी दुईको मृत्यु, चार पुरिएको आशंका

२०७६, २७ भाद्र शुक्रबार ०५:५४

भदौ २७, रोल्पा | रोल्पाको थवाङ गाउँपालिका वडा नं २ छेर्लोबाङ झार्नैमा बिहीबार राति गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ। सोही घरमा बसेका अन्य चार जना पनि पुरिएको आशंका गरिएको छ।

गाउँपालिका वडा नं. २ नं. वडाअध्यक्ष बसन्त रोकाका अनुसार स्थानीय फिर कुमारी झाँक्री बुढामगरको घर पहिरोले पुरिँदा बुढामगर र उनका चार वर्षीय छोराको मृत्यु भएको हो।

सोही घरको तल्लो तलामा बसेका जई बुढामगरको चार जनाको परिवारको अवस्था अज्ञात रहेको वडाअध्यक्ष रोकाले जानकारी दिए। गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढामगरले बिहीबार राति ९-१० बजेदेखि ठूलो पानी परेको बिहान स्थानीय फिरकुमारी झाँक्रीको घर पुरिएको अवस्थामा देखिएकोले कुन बेला पहिरो गएको हो भन्ने भन्न नसकिएको जानकारी दिए ।

हाल दाङ रहेका वडा अध्यक्ष रोकाले चार वर्षीय छोरासँगै रहेकी फिरकुमारीको शव पुरिएको घरबाट निकालिएको र अरुको उद्धार भइरहेको जानकारी दिए। फिरकुमारीका श्रीमान् कमल बुढामगर रोजगारको लागि कुवेतमा छन्।

वडाअध्यक्ष रोकाले फिरकुमारीको घर पहिरो जाने जस्तो स्थानमा नभए पनि कसरी पहिरोले पुरियो आफूलाई पत्यार नलागेको बताए | पहिरोबाट स्थानीय फारम झाँक्रीले सञ्चालन गरेको गाईबाख्रा र भेंडाको गोठ समेत पुरिएको वडा अध्यक्ष रोकाले जानकारी दिए।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय थबाङको एक टोली घटनास्थलतर्फ हिँडेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।  गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले स्थानीय सरकारका जनप्रतिनिधिलाई उद्धारमा लाग्न आग्रह गरेको बताएका छन् । घटनास्थल रोल्पा सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ