2026-07-04 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको एक वडा कार्यालयमा आगजनी र बम बिस्फोट

2019-09-13

भदौ २७, रोल्पा | अज्ञात समूहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालयभित्र पसेर बुधबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

आगजनीबाट कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेको जिल्ला प्रहरीकार्यालय रोल्पाले जनाएको छ | प्रहरीका अनुसार उक्त समूहले भित्र पेट्रोल छरेर आगजनी गरेको थियो भने भवन बाहिर सकेट बम बिस्फोट गराएको छ।

बिस्फोटबाट वडा कार्यालयको भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको गुरुङले बताए। घटना बुधबार रातिको भए पनि विकट ठाउँ भएको हुँदा प्रहरीले खबर बिहीबार बेलुकीपख मात्रै पाएको प्रहरीले जानकारी दिएको छ |  वडा अध्यक्ष पनि काठमाडौं जानु भएको रहेछ | खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ प्रहरीले भने |

वडा कार्यालयमा आगजनी कसले गरेको हो भन्ने पत्ता नलागे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। उक्त आगजनी र बिस्फोट सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले गरेको आशंका प्रहरीको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो