२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाम्खा संगमको तयारी उच्च

२०७६, २८ भाद्र शनिबार १५:३०

रेशमराज रोकाया | भदौ २८, हुम्ला | कर्णालीको अति नै पर्यटकिय गाउँपालिकाको नामले चिनिने नाम्खा गाउँपालिकाले पर्यटन क्षेत्र प्रचारको लागि नाम्खा संगम नामक महोत्सवको तयारीमा लागेको छ । असौज महिनाको ६ र ७ गते २ दिन भव्य प्रचार प्रसारको साथमा महोत्सवको आयोजना गर्न लागिएको हो । भौगोलिक हिसाबले नेपालकै ठूलो गाउँपालिकामा अहिलेको पर्यटकको आवागमनलाई अझ उच्च बनाउनको लागि गाउँपालिका लागि परेको छ । 

गाउँपालिकाको कला, संस्कृती, पर्यटकिय स्थल, जडिबुटी, संरक्षित लोपोन्मुख जंगली जनावरको बारेमा जानकारी दिनको लागि यो महोत्सव अति नै उपयोगी सावित हुने जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले बताउनु भयो । एक पत्रकार सम्मेलनको आयोजना गरी नाम्खा गाउँपालिकाको अति नै पर्यटकिय क्षेत्र याल्वाङ्ग चौरमा सञ्चालन हुन लागेको महोत्सवमा गाउँपलिकामा रहेका कला कौशल सहितको साँस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको छ । सिमकोट अन्य गाउँरपालिकाबाट महोत्सव भर्नको लागि आउने आन्तरिक र बाह्य पर्यटकको लागि वडा नं. २ मा रहेको ढाँड केर्मीबाट गाडीको समेत व्यवस्था गरिएको छ । कार्यक्रम उद्घाटनको लागि जिल्ला स्थित सञ्चारकर्मी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूखलाई समेत निम्तो दिईएको छ । 

नाम्खाबाट चिनमा रहेको कैलाश र मानसरोवरको दर्शन गर्न सकिने लिमी लाप्चा खण्डमा पनि गाउँरपालिकाले पुर्याई यसको प्रचार प्रसार गर्ने भएको छ । सञ्चारकर्मी मार्फत नाम्खाका विभिन्न पर्यटकिय स्थल, त्यहाँको कला संस्कृतीलाई विश्वव्यापी रुपमा पुर्याउन आफु सफल हुने अध्यक्ष विष्णु लामाको विश्वास रहेको छ । ‘पर्यटकिय क्षेत्र अथाह छ, अति नै मनमोहक कला, संस्कृती र स्थान हामीसँग रहेका छन् । यस अघि सिमित क्षेत्रमा पर्यटकको आवागनमन भएको छ । सिमित वर्ग मात्र यसको लाभान्वित भएको छ । अब गाउँपालिका समग्र जिल्ला, प्रदेश र देशको आकर्षणको केन्द्रविन्दु बनाउन तर्फ विभिन्न योजनाको साथमा लागेको छ, यसको लागि सबै पक्षको आवश्यक सहयोगको खाँचो हामीले गरेका छौं’ अध्यक्ष लामाले बताउनु भयो । 

यसपटकको महोत्सवमा बुद्ध धर्मावलम्वीको अति नै पवित्र स्थल याल्वाङ्ग स्थित नाम्खाख्योङ्गजोम गोम्बा नजिक रहेको याल्वाङ्ग चौरमा आयोजना गर्न लागिएको हो । हुम्ला जिल्लाका वासिन्दाले चिनका वासिन्दालाई नुनसँग अन्न बाली साँट्ने अति नै ऐतिहासिक ठाउँ याल्वाङ्ग चौरको ऐतिहासिक पृष्ठभूमी समेत पर्यटकलाई जानकारी दिन समेत यो महोत्सव सहयोगी हुने देखिएको छ । हरेक वर्ष महोत्सवको माध्यमबाट गाउँपालिकाको पर्यटकिय स्थलको प्रचार प्रसार गर्नको लागि गाउँपालिकाले आयोजना गर्दै आएको छ । गत वर्ष लिमीको हल्जी गाउँमा भएको आयोजनाबाट यो वर्ष ४५ प्रतिशत पर्यटक थपिएको गाउँपालिका स्रोतले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकलाई समेत त्यस्ता खाले कार्यक्रमले सहयोग गरिरहेको छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र ईसिमोडले प्राविधिक तथा आर्थिक सहयोग गरेको भएता पनि महोत्सवलाई व्यवस्थित गर्नको लागि गाउँपालिकाले नै ३५ लाखको बजेट समेत यस क्षेत्रमा विनियोजन गरेको छ । यहि आर्थिकवर्षमा पालिकाको बजेट पर्यटक भित्र्याएर आम्दानी गर्न नसकेता पनि यो दीर्घकालिन लगानी भएको कारण यसबाट पछिल्लो पुस्ताले मनग्य आम्दानी लिने सक्नेमा गाउँपालिका लागि परेको छ ।

महोत्सवमा चिनको पुराङ्ग काउण्टीका स्थानिय प्रशासनको उपस्थिती हुने समेत भएकोले सिमा क्षेत्र र व्यापारिक हिसाबले नाम्खा गाउँपालिकासँग चीनको सम्वन्ध सुधारले हुम्ला जिल्लाले नै यसको लाभ लिन सक्ने सम्भावना रहेको छ । ‘पर्यटकिय स्थल सम्मको सडकको अवस्था सुधार सहित क्याम्प व्यवस्थापन, होम स्टे प्रवर्धनको लागि तालिम लगायतको कार्यमा गाउँपालिकाको ध्यान केन्द्रित भएको छ, आगमी दिनमा कसरी सहज तवरले पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने भन्नेमा हामी चिन्तित छौं’ अध्यक्ष लामाले बताउनु भयो । देशकै उच्च भेगमा फल्ने जैविक अन्न बाली आलु र नाफल (उच्च हिमाली भेगमा फल्ने गहुँको प्रजाती) को समेत अन्त कतै खेती नहुने भएको कारण पनि नाम्खा गाउँपालिका प्रसिद्ध रहेको छ । 


माथिको तश्वीरमा: याल्वाङ्ग संगम महोत्सवको तयारीको बारेमा जानकारी दिँदै गाउँपलिका अध्यक्ष र अन्य विशिष्ट महानुभाव । फोटो: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै