Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २३, राजविराज (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनमा बा६८प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज६प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक  अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् ।  उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका  लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।