2026-11-02 02:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

असोज २३, राजविराज (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनमा बा६८प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज६प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । 

सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक  अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो ।  

त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् ।  उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका  लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द