२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

२०७६, २४ आश्विन शुक्रबार ०५:०४

असोज २४, दाङ | सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताउनुभयो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

त्यसैगरी पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत पनि सर्पको डसाइबाट गम्भीर रहेका छन् । आफ्नै घरको बरण्डामा गएराति बसिरहेको अवस्थामा विषालु सर्पले निजलाई डसेको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट गम्भीर रहेका रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट