Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सर्लाहीको सदरमुकाम स्थित एक पसलमा आगलागी

By साझासवाल

<p><b>असोज २४, सर्लाही | </b>सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।&nbsp;<br></p><p>आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत् चुहावट भई आज बिहान ५:४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।&nbsp;</p><p>पीडित मिकरानीले आफ्नो पसलमा विद्युत चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गर्नु भएको छ । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो । रासस&nbsp;</p>