सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, २ को सनाखत

साझासवाल

असोज २४, काठमाडौं ।  सिन्धुपाल्चोकमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेमा चलक सहित ११ जना पुगेको छ । दुर्घटना आज बिहान ९:५५ बजे भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र  इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलिसकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रुहरु सवार थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो ।

Leave a Comment

Leave a Reply