Skip to content
Friday, July 17, 2026 Nepali Online Media

किशोरीलाई जवर्जस्ती गर्न खोजेको आरोपमा युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २७, सिरहा | छिमेकी एक बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मो। रहिम मन्सुरलाई पक्राउ गरेको छ । घरमा कोही नभएको मौका पारी गत शनिबार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो ।&nbsp;<br></p><p>घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।&nbsp;</p><p>पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुयो । रासस</p>