Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

महोत्तरीको लक्ष्मीनियाँ वनक्षेत्रमा फेला परेको मृतकको पहिचान खुल्यो

By साझासवाल

<p>कात्तिक १, महोत्तरी | बिहीबार राति पूर्वपश्चिम राजमार्गको&nbsp; लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन् ।&nbsp;<br></p><p>गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो । प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो । मृतकको पहिचान आज खुलेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । उनीहरुले प्रयोग गरेको ज४प २३९० नंको मोटरसाइकल घटनास्थलमा फेला परेको छ ।&nbsp;</p><p>घटनास्थलमा एउटा राँगासममेत घाइते अवस्थामा फेला परेको थापाले बताउनुभयो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।</p>