२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा डोजर आक्रमणः आठ घाइते, डोजर चालकसहित चार पक्राउ

५ कार्तिक २०७६, मंगलवार ०८:५७

कात्तिक ५, बैतडी | सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 


प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् । 

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो । सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उहाँले बताउनुभयो । 

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । 

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । 

डोजर चालकसहित चार पक्राउ 

सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौंले गुमायो छैटौँ विकेट