भक्तपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

साझासवाल

<p><b>कात्तिक १३, भक्तपुर । </b>भक्तपुरमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।</p><p>हिजो बेलुका बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।&nbsp; बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p><p>बसको ठक्करबाट पैदलयात्रु भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा-१ का ३० वर्षका प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।</p>

Leave a Comment

Leave a Reply