Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा १५ श्ययाको अस्पताल सञ्चालनमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १६, तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो । अस्पतालको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत वसन्त शाहले सेवा शुरु गर्नुभएको थियो ।</p><p>गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजना अघि सारेको हो । गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ । अपुग कर्मचारी काभ्रे स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिनुभयो ।&nbsp;</p><p>कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले जनताको आवश्यकताअनुसार सरकारले काम गरिरहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि अहिले सरकारले यो अवधारणालाई अघि बढाएको समेत उहाँको भनाइ थियो । दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । तीबाहेक दाङका अन्य स्थानीय तहले भने १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएका छैनन् ।&nbsp;&nbsp;</p>