Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा ट्र्याक्टर र टिपरको ठक्करबाट २ जनाको मृत्यु

२०७६, २५ कार्तिक सोमबार ०५:४२

कात्तिक २५, महोत्तरी | महोत्तरीको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ | ट्र्याक्टर र टिपरले ठक्कर दिँदा आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको | जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए |

जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका नौ वर्षीय छोरा राजकुमार मुखियालाई शनिबार साँझ लु २ त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २, अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफको टिपरको ठक्करबाट निधन भएको छ । ना १ क ९६८३ नंको टिपरको ठक्करबाट गम्भीर घाइते उनको जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ