2026-09-12 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उपनिर्वाचन २०७६: दाङमा एक्लो महिला उम्मेदवार

रीता लामा, मङ्सिर ४, घोराही । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।

सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् । तुलसीपुर बजारका चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् । 

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका १४ जनामध्ये एक महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र महिलालाई उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि खाली रहेको सो स्थानमा उहाँकी पत्नी विमला वलीलाई उम्मेदवार बनाएको छ ।

पार्टीबाट उम्मेदवारको रुपमा टिकट पाएलगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा बिहानदेखि साँझसम्म चुनावी अभियानमा व्यस्त हुनुभएको छ । चुनावअघिको समयमा कोही कसैको अगाडि बोल्दा पनि आफ्नो पतिको नाम आउने बित्तिकै आँशु झार्ने विमला अहिले क्रमशः बलियो बन्दै गएको उहाँको भनाइबाट पनि प्रष्ट हुन्छ । विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उहाँको सोच छ । 

“अरु नेताजस्ता महिला बोलक्ड नहोलान्, ठूलाठूला सपना देखाउन नजानेका होलान् तर इमान्दार भएर काम गर्न जानेका छन्”, उहाँले भन्नुभयो, “महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।” 

आफ्नो श्रीमान्को अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उहाँले आफू विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुभएका केशव आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःखसुखमा साथ दिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । 

उहाँले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुटउपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । 

यसैगरी राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी पनि चुनावी मैदानमा हुनुहुन्छ । 

त्यस्तै नेपाली काँग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ भने स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वली र नेपाली काँग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजय हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गर्नुभएको थियो । 

दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । तीमध्ये पुरुष ३३ हजार ७७८ र महिला ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । यहाँ हुने उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन