२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को (२), १४ जना चुनावी मैदानमा

२०७६, ११ मंसिर बुधबार ०८:३३

नारायणी रजौरे, मङ्सिर ११, दाङ । आसन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् ।

निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रक्रिया शुरु हुनुभन्दा एक दिन अघि तुलसीपुरमा आएर बृहत् भेलालाई सम्बोध गर्नुभएको थियो । त्यस्त नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि गत सोमबार दाङको श्री गाउँमा  भएको चुनावीसभालाई सम्बोधन गर्नुभयो ।

नेकपाका केन्द्रीय नेता युवराज ज्ञवाली, जनार्दन शर्मा, शङ्कर पोख्रेल,  रेखा शर्मा, शान्ता चौधरी, ओनसरी घर्ती, जगप्रसाद शर्मा, कुलप्रसाद केसी  कोमल वलीलगायतले यहाँका चुनावीसभामा सहभागी हुनुभयो । उहाँहरुले आफ्नो उम्मेदवार विमला वलीको पक्षमा मतदान गरी जिताउन आह्वान गरी गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेताहरु नेता रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, डा रामशरण महत, डा प्रकाशरण महत, बालकृष्ण खाँड, मोहनबहादुर बस्नेत, पार्टी प्रवक्ता विश्वराज शर्मा, दीपक गिरी, शिला खड्कासहितका नेता पनि दाङमा आई चुनावी कार्यक्रममा सहभागी हुनुभयो । उहाँहरुले पनि काँग्रेसका उम्मेदवार केशव आचार्यलाई विजयी गराउन आग्रह गर्नुभयो । 

आसन्न मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं ३ को (२)मा प्रदेशसभा सदस्यका लागि दलबाट १२ र स्वतन्त्र २ गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका उम्मेदवार विमला ओली र काँग्रेसका उम्मेदवार केशव आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय  जनमुक्ति पार्टीबाट धनराज  सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै काँग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि निर्वाचनमा होमिदै हुनुहुन्छ । स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्यले आ–आफ्ना अभियान चलाई रहनुभएको छ । 

सबै उम्मेदवारले आफ्ना योजना र कार्यक्रम प्रस्तुत गर्दै जनतासमक्ष मतको अपिल गरिरहेका छन् । नेकपाका उम्मेदवार विमला खत्री (वली)ले आफू आफ्ना श्रीमान्को अपूरा सपना पूरा गर्न  र पश्चिम दाङमा विकास गर्न चुनावी प्रतिस्पर्धामा आएको बताउँदै आउनुभएको छ । चुनावमा उत्रिएको बेला विपक्षी पार्टीका केही व्यक्तिले आफूमाथि केही टीकाटिप्पणी गरे पनि मतदाताले आफूलाई  मत दिनेमा आफू विजयी रहेको उहाँको दाबी छ । उहाँले आफ्नो घोषणापत्रमा सडक, पर्यटन, शिक्षा, स्वास्थ्य, सिँचाइलाई जोड दिनुभएको छ । उहाँ सवारी दुर्घटनामा परी मृत्यु हुनुभएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीका धर्मपत्नी हुनुहुन्छ ।

त्यस्तै काँग्रेस उम्मेदवार केशव आचार्यले आफूले तीन दशकदेखि पश्चिम दाङमा काँग्रेस पार्टीमा रहेर सक्रिय भूमिका निर्वाह गरी रहेकाले आफूलाई जनताले भोट दिने विश्वास व्यक्त गर्नुभयो । जनता दुःख सुखमा साथ दिएकाले आफूलाई जनताले जिताउने दाबी गर्नुभयो । उहाँले सडक,  कृषि, स्वास्थ्य शिक्षालाई आफ्नो घोषणापत्रमा जोड दिनुभएको छ । आचार्य काँग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

यसअघिको निर्वाचनमा नेकपाका प्रदेश सदस्य  स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बुद्धिराम भण्डारी १७ हजार ५३५ मत  ल्याई पराजित हुनुभएको थियो । वली र भण्डारीबीच छ हजार ४३५ को मत मतान्तर भएको थियो ।

मतदाता सङ्ख्या दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ३३ हजार ७७८ र महिला मतदाताको सङ्ख्या ३९ हजार ६६०, एक जना तेस्रो लिङ्गी रहेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् ।

मतदानस्थल

दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा  ३२ वटा मतदानस्थल र ७७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशीन र दुई वटा सामान्य रहेको विष्लेषण गरिएको छ ।

सुरक्षा व्यवस्था आसन्न उपनिर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले  जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा कार्ययोजना बनाई कार्यान्वयन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि खडा गरिएको छ । निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी, अन्तिम घेरामा नेपाली सेनाले निर्वाचनको सुरक्षा गर्ने सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारको लागि राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।

त्यस्तै सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारीसाधन प्रयोग गरेर सुरक्षागस्ती पनि गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ सवारीसाधन प्रयोग गरिएको छ । अहिले पनि नेपाली सेनासहित सुरक्षा निकायले मतदान हुने ठाउँमा सुरक्षा गस्ती गरी रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन आफूहरु गम्भीरका साथ लागि परेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँले निर्वाचनमा उछृङ्खल  गतिविधि गर्नेलाई कारवाही गरिने बताउनुभयो । यसपटक सरकारद्वारा प्रतिबन्ध रहेको विप्लव समूहलाई सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

निर्वाचन सामग्री

उपनिर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण निर्वाचन सामग्री दाङमा यसअघि नै आएको सबै मतदान केन्द्रमा आज पठाउन तयारी भइसकेको  निर्वाचन कार्यालयले जनाएको छ । मतदानको लागि आवश्यक पर्ने मत पेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सम्पूर्ण सामग्री प्रत्येक केन्द्रमा पठाउन मतदान अधिकृतलाई जिम्मा लगाइसकेको निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।

मतदाता शिक्षा उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सञ्चालन गरिएको छ । मतदाता शिक्षाका लागि सरकारी विद्यालयका शिक्षकशिक्षिका र महिला स्वयंसेविका खटाइएको छ । जसमा दाङ निर्वाचन क्षेत्र नं ३ को २ मा ५० र घोराही उपमहानगरपालिका–१६ मा दुई जनालाई परिचालन गरिएको मत दाता शिक्षा आज सम्म मात्र सञ्चालन हुनेछ ।

उपनिर्वाचनका लागि ४०० बढी कर्मचारी खटिने भएका छन् । यहाँका दुई स्थानमा हुने निर्वाचनका लागि कूल ३४ मतदानस्थलमा ८२ मतदान अधिकृत र  ८२ सहायक मतदान अधिकृत, १६४ सहायक कर्मचारी र ८२ सहयोगी खटिने  मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो । त्यस्तै ३२६ स्वयंसेवक पनि परिचालन हुने छन् ।

निर्वाचनमा खटिने कर्मचारीलाई यसअघि प्रशिक्षण दिई अहिले निर्वाचनमा खटिने मतदान अधिकृतले निर्वाचन सामग्री बुझिरहेका छन् । आज नै उनीहरु आफ्ूलाई तोकेको मतदानस्थलमा पुगिसक्ने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ