Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलङ्गवा अस्पतालमा आगलागी

By साझासवाल 2 मिनेट पढाइ

<p>मङ्सिर १३, सर्लाही | मलङ्गवा अस्पतालमा आज दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ ।&nbsp; विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिनुभयो ।&nbsp;</p><p>मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको स्थानीय सञ्जय चौकरीले जानकारी दिनुभयो । रासस&nbsp;</p>