Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १६, घोराही । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।</p><p>&nbsp;नेकपाकी उम्मेदवार खत्री ओलीले&nbsp; २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याउनुभएको छ । ओली&nbsp; प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुनुहुन्छ । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो ।</p><p>&nbsp;राप्रपाका भूपाल रावतले २२५, राप्रपा(संयुक्त)का&nbsp; छोटीलाल थारुले १३८, नेकपा(माले)का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका&nbsp; सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र&nbsp; लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा&nbsp; काँग्रेस (बिपी) का दीपककुमार धितालले दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गर्नुभएको छ । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा&nbsp; ७९७ मत बदर भएको थियो ।</p>