2026-09-18 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका पीडित किसानबाट क्षतिपूर्ति माग

मङ्सिर २१, बेत्रावती । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।

गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिनुभयो । 

उहाँको अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । 

“किसानले लगाएको धान नफलेपछि सरकारले क्षतिपूर्ति दिन सकिने आश्वासन दिएपछि उनीहरुसँग निवेदन सङ्कलन भइरहेको छ”, केन्द्र प्रमुख दुवाडीले भन्नुभयो, “प्राप्त निवेदनअनुसार क्षतिपूर्तिको लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौँमा सिफारिस गर्नेछौँ ।” केन्द्रले क्षतिपूर्तिको लागि वडा तथा स्थानीयतहको सिफारिस, बीउ खरीद गरेको बिल र क्षति भएको धानखेतको तस्वीरलगायतका प्रमाण खुल्ने विवरणसहित निवेदन दिन किसानलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् । गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई