2026-11-02 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जोगाउँदा आमा गम्भीर

नानीमैया कटुवाल | मङ्सिर २९, सप्तरी | जीउभरि कुटेको निलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनी)बाट रगत बगिरहेको देखिन्छ । बोल्न खोज्नुहुन्छ, सक्नुहुन्न । पीडाले बेलाबेलामा बेहोस बनाउँछ । 

गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना हुनुभएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यतिबेला जीवनसँग सङ्घर्ष गर्दै हुनुहुन्छ । छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिबार उहाँलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराउनुभयो । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले उहाँलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् । 

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षघात बिरामी सासू छन् । आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । छोराहरूलाई कुटपिटबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताउनुभयो । गत शुक्रबार राति सधँै झँै मातिएर आउने उहाँका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कुटपिट गर्न थाले । 

“बुबा घर प्रवेश गरेपछि खुशी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भन्नुभएको थियो, खोइ त ल्याएको भने”, मञ्जुले भन्नुभयो, “कुरा यति थियो, मादक पदार्थ र गाँजा सेवन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कुटन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कुटाइ खाए ।” मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सर्नुभयो । “कमाएको जति सबै बाहिरै रक्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कुट्ने,” मञ्जुले प्रतिवाद गर्नुभयो ।

बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए । मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाउनुभएको थियो तर रक्सी र गाँजाको नशामा मातिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईं भने कमाएको सबै रक्सी खाएर उडाउने भनेर कराउनुभयो । 

रक्सी खाएर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोेरालाई छाडी मञ्जुलाई कुटन थाले । लात, मुक्काले मात्र नभई लाठीले रातभरि कुटपिट गरेको मञ्जुले बताउनुभयो । कुटपिटबाट मञ्जु बेहोस हुनुभयो । सम्पूर्ण शरीरमा निलडाम र चोटपटक लागेको छ । मञ्जुलाई रातभरि बेहोस हुनेगरी कुटेका राजकुमार बिहानै फरार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कुटाइ खाएको बताएकी मञ्जुले गहभरि आँसु पार्दै भन्नुभयो, “यसपटक बस्नसम्म नसक्ने गरी कुटपिट गर्नुभयो ।” ज्यानभरि नै चोटपटकको निलडाम रहेका र रगत बगिरहेको छ । “अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द