2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)

चैत्र २४, प्रज्वल पौडेल, रामेछाप

सुरक्षित वैदेशिक
रोजगारी सम्बन्धी सन्देशमूलक सडक नाटक सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरिएको छ । हेल्भेटास / स्विस
ईन्टरकोअपरेशन नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम
गोल्माटार र चारघरे सेवा समिति रामपूर रामेछापको संयुक्त आयोजनामा सडक नाटक संचालन गरिएको हो ।

sadak natak

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने काम, सीप, सुचना, तालिम र
गन्तव्य देशको वारेमा आवश्यक जानकारी नहुँदा विदेशमा नेपालीले भोग्नु परेका समस्या र विदेशिएका युवाले
स्वदेशमा पठाएको रेमिट्यान्सको दुरुपयोग समेतको कथावस्तु समेटिएको छ ।

sadak natak 1

यस्तै बैदेशिक
रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा  श्रम कानुन, ट्राफिक नियम जस्ता कुराको साधारण जानकारी
समेत नहुदाँ विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गर्नुपरेको विषय समेत समेटिएको छ ।
नाटकले सकेसम्म स्वदेशमा नै
रोजगार गरौ वैदेशिक रोजगारमा जानै पर्ने अवस्थामा पनि आवश्यक सीप र सुचना
लिएर मात्र जान सन्देश भएको कथाबस्तु समेटेको छ ।

sadak natak 3
नाटकको माध्यमबाट प्रवाह भईरहेको सूचना समय
सान्दर्भिक र अतिआवश्यक हुनुको साथै अति लाभदायी भएको प्रतिक्रिया नाटक अवलोकनकर्ताहरुले बताएका छन् ।

sadak natak 4
सडक नाटक जिल्लाको
विभिन्न ग्रामिण स्थानबाट बढिमात्रामा वैदेशिक रोजगारीमा जाने गाविसका स्थानियलाई लक्षित गरि सुरक्षित
वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उद्देश्यले चैत्र १० गते देखि कार्यक्रम सञ्चालन गरिएको
सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सागरविक्रम बस्नेतले बताउनुभयो ।

सडक नाटकका तस्विरहरु

sadak natak 5jpg

sadak natak 6

sadak natak7

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई