३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नागरिकलाई परेको समस्याको समाधान गर्न आफु प्रतिबद्ध छु : प्रजिअ पौडेल

३० चैत्र २०७२, मंगलवार १४:२०

चैत्र ३०, प्रज्वल पौडेल, रामेछाप

रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण
पौडेलले नागरिकलाई परेको समस्याको समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । सोमबार रामेछापको
सैैपु गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले
दिने सेवा सुविधा प्रभावकारी रुपमा नागरिकले पाए नपाएको बुझ्न आफु जिल्लाका ग्रामिण भेगसम्म पुग्ने
गरेको बताउनुभयो । उहाँले राज्यले दिने सेवा सुविधाबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने धारणा
राख्नुभयो ।

saipu 2

देश संकटमा परेको बेला नागरिकले सरकारलाई साथ दिनु पर्ने उहाँले बताउनुभयो ।
सरकारले पुनर्निमाण अभियान अन्तर्गत भुकम्प पिडितको घर बनाउन अनुदान वितरण प्रक्रिया अगाडि बढाएको
बताउदै प्रजिअ पौडेलले भुकम्पपिडित भएर पनि २ लाख पाउनबाट बञ्चित हुने अवस्था आए यथार्थ समस्या बताए
समाधान गर्न तर्फ लागि पर्ने बताउनुभयो । राहत, अनुदान लिनकै निमित्त कुनैपनि नागरिकले झुटा विवरण पेश
गर्न नमिल्ने उहाँँको तर्क छ ।

प्रजिअ पौडेलले भन्नुभयो– “यस अगाडि धोवी–दिलौरी–सैपूको सडकखण्डमा भुकम्पले अवरोध पु¥याएको
हुदाँ आफू हिडेरै धोवी पुग्नुपरेको थियो । जनताले पनि दुख पाएको महसुस गरि तत्काल सूचारु गराउन
सम्वन्धित निकायमा जानकारी गराएँ अहिले सडकमा सवारी साधन चढेर आफू धोवी हुदै सैपूसम्म आउन सकेँ, जनताले
पनि सवारी साधन चल्न थालेपछि ठूलो राहत महसूस गरेका रहेछन् – उहाँले भन्नुभयो ।”

saipu 4
कार्यक्रमका अन्य वत्ताहरुले स्वास्थचौकी सैपूको भवन
निर्माण नहुँदा विरामी जाँच्न समस्या भएको बताएकाछन् । उनीहरुले पछिल्लो समयमा सैपू गाविसमा विकासले गति
लिन नसकेको बताए ।

साविकको
ओख्रेनी गाविस सहित सैपू १० औँ पूर्ण खोप गाविस घोषणा भएको हो । कार्यक्रममा गाविसमा कार्यरत स्वास्थ्य
कार्यकताहरुलाई सम्मान गरिएको थियो ।

saipu 1

स्वास्थ्य चौकी व्यवस्थापन समिति सैपूका अध्यक्ष टंकप्रसाद पौडेलको सभाध्यक्षमा
भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख मोहनकुमार परियार, जिल्ला
स्वास्थ्य कार्यालय रामेछापका खोप अधिकृत विनोद खड्का, पत्रकार टीका भट्ट, स्थानीय राजनीतिक दलका
प्रतिनिधी, स्वास्थ्य स्वयम्सेविका, गाउँबासीको उल्लेख्य सहभागिता थियो ।

saipu 3

saipu news

saipu news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’