2026-06-30 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नागरिकलाई परेको समस्याको समाधान गर्न आफु प्रतिबद्ध छु : प्रजिअ पौडेल

चैत्र ३०, प्रज्वल पौडेल, रामेछाप

रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण
पौडेलले नागरिकलाई परेको समस्याको समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । सोमबार रामेछापको
सैैपु गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले
दिने सेवा सुविधा प्रभावकारी रुपमा नागरिकले पाए नपाएको बुझ्न आफु जिल्लाका ग्रामिण भेगसम्म पुग्ने
गरेको बताउनुभयो । उहाँले राज्यले दिने सेवा सुविधाबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने धारणा
राख्नुभयो ।

saipu 2

देश संकटमा परेको बेला नागरिकले सरकारलाई साथ दिनु पर्ने उहाँले बताउनुभयो ।
सरकारले पुनर्निमाण अभियान अन्तर्गत भुकम्प पिडितको घर बनाउन अनुदान वितरण प्रक्रिया अगाडि बढाएको
बताउदै प्रजिअ पौडेलले भुकम्पपिडित भएर पनि २ लाख पाउनबाट बञ्चित हुने अवस्था आए यथार्थ समस्या बताए
समाधान गर्न तर्फ लागि पर्ने बताउनुभयो । राहत, अनुदान लिनकै निमित्त कुनैपनि नागरिकले झुटा विवरण पेश
गर्न नमिल्ने उहाँँको तर्क छ ।

प्रजिअ पौडेलले भन्नुभयो– “यस अगाडि धोवी–दिलौरी–सैपूको सडकखण्डमा भुकम्पले अवरोध पु¥याएको
हुदाँ आफू हिडेरै धोवी पुग्नुपरेको थियो । जनताले पनि दुख पाएको महसुस गरि तत्काल सूचारु गराउन
सम्वन्धित निकायमा जानकारी गराएँ अहिले सडकमा सवारी साधन चढेर आफू धोवी हुदै सैपूसम्म आउन सकेँ, जनताले
पनि सवारी साधन चल्न थालेपछि ठूलो राहत महसूस गरेका रहेछन् – उहाँले भन्नुभयो ।”

saipu 4
कार्यक्रमका अन्य वत्ताहरुले स्वास्थचौकी सैपूको भवन
निर्माण नहुँदा विरामी जाँच्न समस्या भएको बताएकाछन् । उनीहरुले पछिल्लो समयमा सैपू गाविसमा विकासले गति
लिन नसकेको बताए ।

साविकको
ओख्रेनी गाविस सहित सैपू १० औँ पूर्ण खोप गाविस घोषणा भएको हो । कार्यक्रममा गाविसमा कार्यरत स्वास्थ्य
कार्यकताहरुलाई सम्मान गरिएको थियो ।

saipu 1

स्वास्थ्य चौकी व्यवस्थापन समिति सैपूका अध्यक्ष टंकप्रसाद पौडेलको सभाध्यक्षमा
भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख मोहनकुमार परियार, जिल्ला
स्वास्थ्य कार्यालय रामेछापका खोप अधिकृत विनोद खड्का, पत्रकार टीका भट्ट, स्थानीय राजनीतिक दलका
प्रतिनिधी, स्वास्थ्य स्वयम्सेविका, गाउँबासीको उल्लेख्य सहभागिता थियो ।

saipu 3

saipu news

saipu news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ